नेपाली सेनाको अधिकृत क्याडेट तयारीको पहिलो चरणको अभिमुखीकरण कक्षा सम्पन्न
भाद्र २७, २०८३ NAME Education मा नेपाली सेनाको अधिकृत क्याडेट तयारीका लागि पहिलो चरणको अभिमुखीकरण कक्षा (Orientation Class) सम्पन्न भएको छ। विद्यार्थी तथा अभिभावकहरूको सहभागितामा सम्पन्न अभिमुखीकरण कक…

भाद्र २७, २०८३
NAME Education मा नेपाली सेनाको अधिकृत क्याडेट तयारीका लागि पहिलो चरणको अभिमुखीकरण कक्षा (Orientation Class) सम्पन्न भएको छ।
विद्यार्थी तथा अभिभावकहरूको सहभागितामा सम्पन्न अभिमुखीकरण कक्षामा नेपाली सेनाको अधिकृत क्याडेट छनोट परीक्षासम्बन्धी आवश्यक जानकारी, तयारीका विधि तथा छनोट प्रक्रियाका विभिन्न चरणबारे विस्तृत रूपमा जानकारी गराइएको थियो।
कार्यक्रममा विशेषगरी छनोट परीक्षाअन्तर्गतको पहिलो चरणको Bearing Check तथा शारीरिक परीक्षण मा गरिने परीक्षण र त्यसमा ध्यान दिनुपर्ने विषयवस्तुबारे प्रयोगात्मक प्रदर्शनसहित जानकारी गराइएको थियो। यसबाट विद्यार्थीहरूले छनोट परीक्षाको प्रारम्भिक चरणमा आवश्यक पर्ने तयारी तथा अभ्यासबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गरेका थिए।
अधिकृत क्याडेट तयारीका क्रममा विद्यार्थीहरूलाई आवश्यक परामर्श तथा मार्गदर्शन नेपाली सेनाबाट हालसालै अवकाशप्राप्त विज्ञ तथा तयारी कक्षाका प्रमुख प्रशिक्षक लेफ्टिनेन्ट कर्नल श्री गंगा बहादुर बिष्टले प्रदान गर्नुभएको छ।
उहाँको अनुभव तथा विशेषज्ञ मार्गदर्शनमार्फत विद्यार्थीहरूलाई अधिकृत क्याडेट छनोट प्रक्रियामा आवश्यक पर्ने शारीरिक, मानसिक तथा बौद्धिक तयारीका विषयमा जानकारी गराइएको थियो।
भाद्र ३१ गतेदेखि नियमित तयारी कक्षा
अधिकृत क्याडेट तयारीका लागि भाद्र ३१ गतेदेखि नियमित कक्षा सञ्चालन हुनेछ।
नियमित तयारी कक्षामा विद्यार्थीहरूलाई शारीरिक तयारीका साथै लोक सेवा आयोगले सञ्चालन गर्ने IQ तथा लिखित परीक्षाको तयारी समेत एकसाथ गराइनेछ। छनोट परीक्षाका विभिन्न चरणलाई समेट्दै व्यवस्थित रूपमा प्रशिक्षण तथा अभ्यास गराइनेछ।
दोस्रो चरणको Orientation मा सहभागी हुने अवसर
पहिलो चरणको अभिमुखीकरण कक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि दोस्रो चरणको Orientation Class मा सहभागी हुने व्यवस्था गरिएको छ।
नेपाली सेनाको अधिकृत क्याडेट बन्ने लक्ष्य राखेका विद्यार्थीहरूलाई अनुभवी प्रशिक्षकको मार्गदर्शनमा आवश्यक तयारी, अभ्यास तथा परामर्श प्रदान गर्दै छनोट परीक्षाका विभिन्न चरणका लागि सक्षम बनाउने उद्देश्यले NAME Education मा नियमित तयारी कार्यक्रम सञ्चालन हुँदैछ।
NAME Education — लक्ष्य स्पष्ट छ भने तयारी पनि व्यवस्थित हुनुपर्छ।
